गोपाल गुरुङको क्षेत्र लालझाडीमा काँग्रेसको जित शुरुवात

गोपाल गुरुङको क्षेत्र लालझाडीमा काँग्रेसको जित शुरुवात

  • शनिबार, बैशाख ३१, २०७९
  • डम्मर दत्त भट्ट

  • 10.6K
    SHARES

कञ्चनपुर, ३१ बैशाख ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको लालझाडी गाउँपालिकामा नेपाली काँग्रेसको जितको शुरुवात भएको छ । काँग्रेस नेता गोपाल सिङ गुरुङ्गको क्षेत्र लालझाडी गाँउपालिका ६ नम्बर वडा काँग्रेसले जितेको हो ।

काँग्रेस वडाध्यक्षका उम्मेदवार समाजसेवि हर्क नारायण जोशीको प्यानलै निर्वाचित भएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका फुलाराम चौधरीलाई १सय १५मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन ।

जोशीले ४सय ६४, चौधरीले ३सय ४९ र एमालेका उम्मेदवार जित ब। चौधरीले २ सय ६६ मत ल्याएका छन । कञ्चनपुरको लालझाडी, बेलौरी, बेलडाँडी, दोधाराचाँदनीमा मत गणना शुरु भएको छ । बाँकी पालिकाहरुमा आजदेखि मतगणना सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ