काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

वैशाख ३१, काठमाडौँ  । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार हुने भएको छ ।मतगणनाबारे निर्णय लिन बसेको सर्वदलीय सर्वपक्षीय बैठकले शनिबार विहान ८ बजेबाट मत गन्न थाल्ने निर्णय गरेको हो ।

शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको विवकेशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले जानकारी दिइन् ।
राष्ट्रियसभा गृहमा संकलन गरेलगत्तै सर्वदलीय बैठक बसेको थियो । एउटा दलले हरेक बुथमा एक जना प्रतिनिधि राख्न पाउने र स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट ५ जना रहने निर्णय गरेको छ ।
काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर, करिव ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।
यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ