काठमाडौं र भरतपुरमा सर्वदलीय बैठक जारी, अबको केही बेरमा मतगणना सुरु हुने

काठमाडौं र भरतपुरमा सर्वदलीय बैठक जारी, अबको केही बेरमा मतगणना सुरु हुने

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, ३१ वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं र भरतपुर महानगरपालिकामा मतगणनाको तयारी भइरहेको छ।

मतगणनाको तयारी गर्न काठमाडौंमा मध्यराति १२ बजे सर्वदलीय बैठक सुरु भएको छ। राति ९ बजे नै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने भनिए पनि तीन घण्टापछि मध्यराति १२ बजेपछि बैठक बसेको हो।

काठमाडौं महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठकका लागि दलका दुई जना प्रतिनिधि उपस्थित हुन राष्ट्रिय सभागृहमा आह्वान गरेका थिए। लगत्तै दलका प्रतिनिधि उपस्थित भएपछि बैठक सुरु भएको बताइएको छ। बैठकको साझा निर्णयपछि मतगणना सुरु हुनेछ।

त्यसैगरी भरतपुरमा राति ९ बजे बोलाइएको सर्वदलीय बैठक १२ बजेतिर सुरु भएको छ। मतगणनास्थलमा बसेको बैठकबाट गणना कसरी सुरु गर्ने निर्णय हुनेछ।

काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर करिव ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ