मुलुकभर ६४ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान, १७ स्थानीय तहका ४४ मतदान केन्द्रको मतदान स्थगित

मुलुकभर ६४ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान, १७ स्थानीय तहका ४४ मतदान केन्द्रको मतदान स्थगित

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको बताए ।

आज देशभरका विभिन्न १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको आयोजले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलका बीचमा विवाद र वर्षाका कारण समेत गरी देशभरका १७ स्थानीय तहका २८ मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान सम्पन्न हुन नसकेको जानकारी दिए ।

अन्य स्थानमा शान्तिपूण रुपमा नै मतदान भएको उनले बताए । स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार ६४ प्रतिशत मतदान भएको छ । शुक्रबार विहान ७ बजेदेखि बेलुकासम्म ६४ प्रतिशत मतदान भएको थपलियाले बताए ।
कतिपय ठाउँमा अहिले पनि मतदान भइरहेको भन्दै अहिले देशभरको यकिन तथ्यांक आइसकेको छैन, तर हामीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ६४ प्रतिशत मतदान भएको उनले बताए ।

उनका अनुसार काठमाडौंमै ५२ प्रतिशतमात्रै मतदान भएको छ । यो प्रारम्भिक तथ्यांक भएकोले बढ्न पनि सक्ने बताए । आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले एकैपटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए । त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूबाट समेत असहयोग भएको उनले बताए ।

एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेकोमा दलहरूको बीचमा उत्पन्न विवादले उग्र रुप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदान हुन नसकेको थपलियाको भनाई छ ।
उनले कतिपय ठाउँमा वर्षाका कारणले समेत सबै मतदाताले सहभागी हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै ती स्थानहरुमा मतदान अधिकृतले मतदान स्थगन गरेको जानकारी दिए ।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ