काठमाडौं, ३० वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सकिएको छ। सुरक्षाकर्मी र निर्वाचन कर्मचारीको संयोजनमा नेपाली सेनाले मतपेटिका सुरक्षित रुपमा मतगणना स्थलमा ढुवानी गरिरहेको छ।
काठमाडौं महानगरपालिकामा राष्ट्रिय सभागृहमा मतगणना हुँदैछ। त्यसैगरी ललितपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा मतगणना हुँदैछ। महानगरपालिकाभित्रका मतदान केन्द्रबाट मतपेटिका नेपाली सेनाले गतगणना स्थलमा ढुवानी गरिरहेको छ।
आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। निर्वाचन आयोगले २० प्रतिशत मतगणना आजै रातिदेखि सुरु हुने जनाएको छ।



यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline