सप्तरीको डाक्नेश्वरीमा मतपेटिका नै तोडफोड, मतदान स्थगित

सप्तरीको डाक्नेश्वरीमा मतपेटिका नै तोडफोड, मतदान स्थगित

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

वैशाख ३०, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका नै तोडफोड भएको छ । मतदान चलिरहेका बेला एक बृद्धको भोट भनेको भन्दा फरक चिन्हमा कर्मचारीले लगाईदिएको भनेर सुरु भएको विवादपछि हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएको हो । तोडफोडपछि मतदान रोकिएको छ ।

एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि विवाद भएको थियो । विवादपछि तोडफोडमा परिणत भएको थियो । मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ