माओवादी र कांग्रेस कार्यकताबीचको झडपपछि रोकिएको बालकी केन्द्रको मतदान पुनः सुरू(अपडेट)

माओवादी र कांग्रेस कार्यकताबीचको झडपपछि रोकिएको बालकी केन्द्रको मतदान पुनः सुरू(अपडेट)

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

वैशाख ३०, गोरखा । गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित बालकी आधारभूत विद्यालय मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ ।नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच विवादका कारण करिब आधा घण्टा स्थगित भएको मतदान प्रकृया सर्वदली बैंठक बसेर सहमती गरेपछि पुनः सूचारु भएको हो ।

मतदानस्थल बाहिर माओवादी र कांग्रेसबीच मतदानको विषयलाई लिएर विवाद बढेपछि मतदान स्थगित भएको थियो । त्यहाँ सर्वपक्षीय बैठक राखेर पुनः मतदान सुरु गरेको गण्डकी गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव रेग्मीले बताए ।

‘मतदानस्थल भन्दा तीन सय मिटर बाहिर घरयासी विवाद चुनावमा परिणत भएछ, विवादमा दुई पक्षीय भइहाल्ने भयो, असुरक्षित वातावरण बनेपछि केहीबेर मतदान स्थगित भएको थियो, अहिले पुनः सुरु गर्‍यौं,’ उनले भने ।

यसअघि केन्द्रको तीन सय मिटर क्षेत्रभित्र ढुंगा हानाहान हुँदा मतदान रोकिएको थियो । शुक्रबार बिहान ११ः१० बजेदेखि मतदान प्रक्रिया स्थगित भएकोमा बैंठकपछि सूचारु भएको मतदान अधिकृत अनुप देवकोटाले जानकारी दिए ।

यसअघि गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मावि मतदान केन्द्रमा पनि माओवादीले अवाञ्छित गतिविधि गरेपछि दोहोरो झडप भएको थियो । झडपछि हवाई फायरिङ भएको थियो ।

ज्ञानमार्ग केन्द्र सुचारु भएलगत्तै बालकीमा झडप भएको हो ।गण्डकी गाउँपालिकाको तीनवटा मतदान केन्द्र विगतका चुनावदेखि नै माओवादी केन्द्रले कब्जा गर्ने गरेको थियो । ती केन्द्रहरुलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशीलको सूचीमा राखेको छ । अहिले मतदान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ