बिरगंज भित्र रहेका मतदान केन्द्रहरुमा नामावली र क्रम संख्या नमिल्दा मतदाताहरुलाई सास्ति

बिरगंज भित्र रहेका मतदान केन्द्रहरुमा नामावली र क्रम संख्या नमिल्दा मतदाताहरुलाई सास्ति

  • शुक्रबार, बैशाख ३०, २०७९
  • दिपक चौरसिया

  • 11.8K
    SHARES

बिरगंज ३० बैशाख। स्थानीय तहको निर्वाचनमा सहभागी भएका मतदाताहरुलाई निर्वाचन आयोगको गैरजिम्मेवारीका कारण मतदाताहरु हैरानी भएका छन । बीरगंज महानगरपालिका भित्र रहेको अधिकास मतदान केन्द्रहरुमा नामावली र क्रम संख्या नमिल्दा घन्टै चर्को घाममा सास्ती खेप्नुपरेको छ।

निर्वाचन आयोगकि पर्सा प्रमुख रन्जिता झा सग यश विषयमा जानकारी लिदा हामीले सबै मिलाएका छौं भनेर प्रतिक्रिया दिएता पनि स्थलगत रिपोर्टिङ गर्दा धेरै समस्या भएको फेला परेको हो । यस्तो झन्झट र समस्याका कारण अधिकास मतदाताहरु मतदान नै नगरि घर फर्केको दृश्यहरु समेत देखिएको थियो ।

पर्सा जिल्लाको बीरगंज महानगरपालिका भित्र अहिले १ लाख २४ हजार ६४७ मतदाता रहेकोमा यसपटक गठबन्धन भएका कारण धेरै मत बदर हुनसक्ने आशंका गरिएको छ।मतदाताहरुलाई आफ्नो पक्षमा पर्न मतदान केन्द्र भन्दा बाहिर कार्यकर्ताहरुले कानेखुसी गरेर यसमा भोट हाल्नु होस् भनेर समझाउने गरेको दृश्यहरु समेत देखिएको थियो । शुक्रबारदेखि देशभर स्थानीय चुनाव हुने क्रममा
पर्साको वीरगन्ज महानगरपालिका सहित १४ वटै पालिकामा भइरहेको छ ।

स्थानीय तहको निर्वाचन बैशाख ३० गते शुक्रबार बिहान ७ बजेदेखि बेलुकी ५ सम्म मतदान गर्ने समय तोकिएको छ। निर्वाचनमा मतदाताहरु मतदान गर्न उत्सुकताका साथ सहभागी भए पनि मतदान गर्ने बेलामा नाम एकातिर क्रम संख्या एकातिर हुर्दा मतदान गर्न समस्या भएको एक मतदाताले बताए ।

जिल्लाकाको केही वडाहरु र केही पालिकाहरुमा सामान्य झडप भए पनि सबै पालिाकहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।वीरगन्ज महानगरको ३२ वटै वडामा गरि १ लाख २४ हजार ६ सय ४७ जना मतदाता छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका छन् । मतदान स्थल तथा मतदान केन्द्र पनि सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकामा रहेको छ ।

महानगरपालिकामा ५५ वटा मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र रहेको बनाइएको छ । ३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा सबैभन्दा बढी मतदाता वडा नम्बर १६ को नगवामा रहेका छ । नगवाको वडा नम्बर १६ को इनर्वामा २ हजार १ सय ७१ र नगवामा ५ हजार ४ सय १३ जना गरि ७ हजार ५ सय ५९ जना मतदाता रहेका छन् । त्यस्तै दोश्रो मतदाता संख्या रहेको वडा नम्बर १० मा ६ हजार ३ सय ८० जना मतदाता रहेका छन् ।

निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गरिरहेको जनाएको छ। जसमा ८७ लाख ४१ हजार ५३० महिला र पुरुष ८९ लाख ९२ हजार १० अन्य १८३ जना रहेको छ।

सरकारले यसपटक मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन्।जनप्रतिनिधि छान्न अब जनताले पाँच वर्ष कसले केकति काम गरेको सोको आधारमा निर्वाचित हुन सक्ने बताइएको छ।


।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ