सहमहामन्त्री आङदेम्बेले मतदातालाई भने– क्षमतावान प्रतिनिधि छनोट गर्नुहोस्

सहमहामन्त्री आङदेम्बेले मतदातालाई भने– क्षमतावान प्रतिनिधि छनोट गर्नुहोस्

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, ३० वैशाख। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडास्थित शान्ति क्षेत्र आधारभूत विद्यालयमा मतदान गरेका छन् । बिहान ७ बजे पुगेर उनले मतदान गरेका हुन् ।

मतदान गरेपछि उनले निर्वाचनलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ र राज्यको पुनः संरचनापछि केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर गाउँगाउँमा सिंहदरबार स्थापना गर्ने अभियान भएको बताएका छन् ।

निवर्तमान हुन लागेका जनप्रतिनिधिहरूले सञ्चालन गरेका अधुरा योजनालाई सम्पन्न गर्न र आम नागरिकको चाहनाअनुसार विकास निर्माण कार्य अगाडि बढाउन उनको आग्रह छ ।

निर्वाचनमार्फत असल, योग्य, सक्षम एवं क्षमतावान प्रतिनिधि छनोट गर्न मतदाताहरूले मतदान गर्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ