मध्यरातमा कांग्रेसका मेयरले पैसा बाँडेको भन्दै स्थानीयले घेरेपछि प्रहरीले नियन्त्रणमा लियो

मध्यरातमा कांग्रेसका मेयरले पैसा बाँडेको भन्दै स्थानीयले घेरेपछि प्रहरीले नियन्त्रणमा लियो

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

तनहुँ, ३० वैशाख । नेपाली कांग्रेसका तर्फबाट व्यास नगरपालिकाका मेयरको उम्मेदवार वैकुण्ठ न्यौपानेलाई स्थानीयको बिरोधपछि मध्यरातमा प्रहरीले उद्धार गरेको छ। मौन अवधिमा बिहीबार राती व्यास–१२ छिर्कने पुगेका न्यौपानेलाई स्थानीयले घेरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले न्यौपानेलाई उद्धार गरेको हो।
राति १२ बजे छिर्कनेबाट उद्धार गरी न्यौपानेलाई दमौली ल्याइएको प्रहरीले बताएको छ। न्यौपाने मौन अवधिमा मतदाता प्रभावित गर्न छिर्कने पुगेको स्थानीयको आरोप छ।

न्यौपानेले भने आफू साथीको घरमा आएको र पैसा बाँडेको आरोप निराधार रहेको बताएका छन्। उनले आफूलाई लाञ्छित गर्ने कोशिस गरिएको बताएका हुन् ।

न्यौपाने कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगरबाट मेयरका उम्मेदवार हुन्। व्यासको निर्वाचनलाई वरिष्ठ नेता पौडेल र पार्टीबाट कारबाहीमा परेका पार्टीका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीको प्रतिष्ठाको लडाँईको रुपमा हेरिएको छ। काँग्रेसबाट मेयरमा न्यौपानेलाई अगाडि बढाइएको हो भने एमाले जोशी समूहबाट दिपक जोशी मेयरको प्रतिष्पर्धामा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ