कसैको डर, धाक, धम्की तथा प्रलोभनमा नपरी मतदान गर्न गृहमन्त्रालयको आग्रह

कसैको डर, धाक, धम्की तथा प्रलोभनमा नपरी मतदान गर्न गृहमन्त्रालयको आग्रह

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौँ, २९ वैशाख । गृहमन्त्रालयले भोलि शुक्रबार हुन लागेको स्थानीय तह सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्पूर्ण राजनीतिक दल तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कसैको डर, धाक, धम्की तथा प्रलोभनमा नपरी मतदानमा सरिक भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई अनुरोध पनि गरेको छ ।

“यसका बाबजुद कहीँ कतैबाट डर, त्रास, धम्की आएमा तथा असुरक्षा महसुस भएमा नजिकको स्थानीय प्रहरी एकाइ, प्रहरीको नम्बर १००, प्रजिअ वा प्रहरी प्रमुखलाई सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न १० हजार ७५६ वटै मतदानस्थलमा कर्मचारी सुरक्षाकर्मी खटनपटन तथा निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न भइसकेको पनि मन्त्रालयले सबैमा जानकरी दिएको छ ।

मन्त्रालयले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी समन्वयात्मकरूपमा परिचालन गरी सबै मतदानस्थलमा भरपर्दाे सुरक्षा व्यावस्था मिलाइएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ