काठमाडौं, २९ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।
बिहीबार आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण पत्र सोधेको हो ।प्रचण्डलाई मौन अवधिमा चुनाव प्रचार गर्न दिएको, माथिल्लो निकायमा जानकारी नगराएर साथ दिएको भन्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी प्रमुख एसपी नवराज अधिकारी र प्रदेश प्रहरी प्रमुख डीआईजी पुजा सिंहलाई ८ घण्टे स्पष्टीकरण सोधेको छ।
सीडींओ र एसपी जिल्ला आचारसंहिता अनुगमन समितिको पदेन सदस्य रहने र निर्वाचन आचारसंहिता तथा मौन अवधि लागू भइसकेको अवस्थामा निर्वाचन प्रचारप्रसारजस्ता गतिविधि गर्न नदिने जिम्मेवारी हुँदाहुँदै प्रचण्डका गतिविधि रोक्न किन आदेश नदिएको भनेर सोधेको छ।
यसअघि आजै प्रचण्डलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । प्रचण्डलाई यसअघि पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।