गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसद्धारा चितवनका पूर्व सांसदसहित पाँच जना निलम्बित

गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसद्धारा चितवनका पूर्व सांसदसहित पाँच जना निलम्बित

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं, २९ वैशाख ।
नेपाली काँग्रेसका चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । पार्टीको निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेको भन्दै पूर्वसांसद भिमबहादुर श्रेष्ठलगायत ५ जनालाई निलम्बन गरेको हो । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै उनीहरुलाई निलम्बन गरिएको विज्ञप्तीमार्फत कांग्रेसले जनाएको छ ।

काँग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आन्नदराज राउत र क्रियाशील सदस्य डा केशव पौडेललाई कारबाही स्वरुप निलम्बन गरिएको जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ