पैसा बाडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ, प्रहरीले भन्यो – रेस्क्यू गरेका हौँ

पैसा बाडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ, प्रहरीले भन्यो – रेस्क्यू गरेका हौँ

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

धनुषा, २९ वैशाख। मौनअवधीमा मतदातालाइ प्रभावमा पार्न पैसा बाँडेको आरोपमा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् ।
जनकपुरधामको बसपार्क स्थित होटल सीताशरणमा बसेर पैसा बाड्दै गरेको आरोपमा अन्सारी पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटीएको टोलीले अध्यक्ष अन्सारीले मौन अवधिको समयमा पैसा बाडीरहेको भन्ने सूचनाको आधारमा उनलाई जनकपुरधामको सीताशरण होटलको ३०५ नम्बर कोठाबाट पक्राउ गरेको हो ।

तर धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नभएर उद्धार गरेको बताएको छ ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झुठा भएको बताए । ‘बिहानदेखि २० जनाले फोन गरेर सोधिसक्नुभयो । उहाँ पक्राउ पर्नु भएको होइन् । साथीको घरमा खाना खान गएपछि पैसा बाड्न आएको भन्दै केहीले होहल्ला गर्नुभएको रहेछ । पछि हामीले उहाँको रेस्क्यू गरेका हौँ ।’ प्रवक्ता क्षेत्रीले भने ।

धनुषामा रहेका अध्यक्ष अन्सारी आज बिहान आफ्ना साथी तथा प्रदेशसभा सदस्य हकिम रहिमको घरमा खाना खान गएका थिए । प्रवक्ता क्षेत्रीका अनुसार त्यही खाना खाएर दिउँसो काठमाडौं फर्किने कार्यक्रम थियो । तर, पैसा बाँड्न आएको भन्दै होहल्ला भएपछि प्रहरीले उद्धार गरेको उनको भनाइ छ ।

यता प्रहरी उपरीक्षक वसन्त रजौरेले संवैधानिक आयोगको अध्यक्षलाई चेकजाँच गर्ने अधिकार नरहेको र सुरक्षालाइ ध्यानमा राखेर विमानस्थलसम्म प्रहरीको गाडीमा पुर्याइएको बताए ।

No description available.

प्रहरीले उद्धार गरेर उनलाई काठमाडौं पठाइसकेको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न खोजेको आरोप नेकपा एमालेले लगाएको छ । मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले पैसा बाँड्न खोजेको सूचना पाएपछि आफूहरू त्यहाँ पुगेको नेकपा एमालेले जनाएको छ । तर, प्रहरीले भने साथीको घरमा गएको बेला एमाले कार्यकर्ताले पैसा बाँड्न आएको भन्दै हो-हल्ला गरेको प्रष्ट पारेको छ ।

प्रहरीले साथीको घरमा खाना खान गएका भनिएका अन्सारीलाई होटलबाट समातेर लगेको थियो । जनकपुरधामको बसपार्क स्थित होटल सीताशरणबाट प्रहरीले उनलाई नियन्त्रणमा ईि प्रहरी भ्यानमा राखेर लगेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटीएको टोलीले होटलको कोठा नम्बर ३०५ बाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।

No description available.

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न खोजेको अन्सारी माथि आरोप लागेको छ ।

अन्सारी जनकपुर स्थित सीताचरण होटेलमा ४ दिनदेखि बसेको र साहका पक्षमा मुस्लिम मतदातालाई प्रभावित गर्न खोजेको आरोप उनि माथि लागेको छ ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ