आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

आचारसंहिता नमान्ने पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

वैशाख २९, काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पटक–पटक राजनीतिक दलका नेता कार्यकर्तादेखि अन्य सरोकारवालाहरूलाई आग्रह गर्दै आएको छ। आयोगले आचारसंहिता पालना गर्न आग्रह गर्नुको कारण निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि हो ।

मौन अवधिमा के गर्न हुने र के गर्न नहुने प्रावधान पनि आयोगले जारी गरिसकेको छ । तर, देशका पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले मौन अवधिमै आचारसंहिताविपरीतको गतिविधि गरे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पार्टी जनता समाजवादी पार्टी (जसपा)लाई सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि उक्त पार्टीका उम्मेदवारहरूलाई मत मागे ।

आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधिमा मत माग्नु हुँदैन । नैतिक प्रश्न उठ्नेगरी भट्टराईले बुधबार मत मागेका हुन् ।

उनी मात्र होइन, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक भिडियो सन्देश जारी गर्दै एमालेका उम्मेदवारहरूलाई मत मागे । एमालेका उनी उपमहासचिव पनि हुन् । उनलाई त आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ