हारको मानसिकताबाट विक्षिप्त एमाले गुण्डागर्दीमा उत्रियो: माओवादी केन्द्र

हारको मानसिकताबाट विक्षिप्त एमाले गुण्डागर्दीमा उत्रियो: माओवादी केन्द्र

  • बुधबार, बैशाख २८, २०७९
  • डम्मर दत्त भट्ट

  • 11.4K
    SHARES

कञ्चनपुर, बैशाख २८। नेकपा माओवादी केन्द्रले कञ्चनपुरको लालझाडी गाँउपालिकामा एमाले नेता कार्यकर्ताहरुको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले एक प्रेस विज्ञप्ती जारी गर्दै लालझाडीमा एमाले नेता कार्यकर्ताको गत्था समुहले माओवादी केन्द्रका उम्मेदवारमाथि गुण्डागर्दी शैलीमा उत्रिएको जनाएको हो ।
माओवादीले बिनावारीमा एमालेका तीन दर्जन बढी लठैतहरुले स्थानीय तहको निर्वाचनमा नेकपा ९माओवादी० केन्द्रबाट वडा नं। १ अध्यक्षका उम्मेदवार दिनेश रानामाथि गरेको सांघातिक हमलाको नेकपा ९माओवादी केन्द्र० कञ्चनपुर घोर बिरोध तथा भत्र्सना गरेको छ ।
माओवादी केन्द्रको लोकप्रियता देखेर हारको मानसिकतामा पुगेको एमालेले गुण्डागर्दी शैलीमा मतदातलाई धम्क्याएर निर्वाचनलाई प्रभावित पार्न खोजेको माओवादीको ठहर छ ।
‘यसअघि हिजो मात्रै एमालेका वडाध्यक्षकै उम्मेदवारको निर्देशनमा ९एकीकृत समाजवादी० बाट बेलौरी नगरपालिकामा उपप्रमुख पदका उम्मेदवार नन्दलाल रानामाथि समेत आक्रमण भएको थियो ।, ‘विज्ञप्तीमा भनिएको छ, ‘यसबाट एमाले हारको मानसिकताले विक्षिप्त भएर अपराधिक क्रियाकलापमा उत्रेर गुण्डागर्दीको श्रृंखला शुरु गरिरहेको देखिएको छ ।’
बिनबारीमा संघीय सांसद बिना मगर उनकी मितिनीको छोराको जन्मदिनको अवसरमा खाना खान स्थानीय रामप्रसाद रानाको घरमा जानु भएको जनाउँदै माओवादीले लालझाडीमा हामीले जनताको अपार माया र समर्थन पाएकाजनाएको छ । ‘त्यहाँ मौन अवधिमा गएर प्रचार गर्नैपर्ने कमजोर अवस्थामा हामी छैनौं, ‘विज्ञप्तीमा भनिएको छ, ‘तर नितान्त पारिवारिक र व्यक्तिगत भेटघाटको विषयलाई अतिरञ्जित गर्दै बाहिरबाट आएका एमाले गुण्डाहरुले गाडी घेराबन्दी गरि तोडफोड गर्न खोज्दा त्यसको प्रतिकार गर्ने क्रममा उम्मेदवार दिनेश राना लगायतका हाम्रा केही कमरेड सिकिस्त घाइते भएका छन् ।’
राजनीतिमा अपराधिकरणको अन्त्य गर्न सबैमा अपील गर्दै हामीमाथि सांघातिक हमला गर्नेहरुको खोजी गरी तत्काल कार्वाही अघि बढाउन सम्बन्धित निकाय समक्ष माग गरेको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आम जनतामा एमालेको गुण्डागर्दी र आंतङकबाट रत्तिभर विचलित नभई शान्ति पूर्णरुपमा मतदान गर्न अपिल गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ