बुबाको मृत्युपछि एमालेले बनायो छोरालाई वडाध्यक्षको उम्मेदवार

बुबाको मृत्युपछि एमालेले बनायो छोरालाई वडाध्यक्षको उम्मेदवार

  • बुधबार, बैशाख २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

२८ बैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाअध्यक्षमा नेकपा एमालेले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको छ ।

वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनकै छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको तुल्सीपुर नगर कमिटिका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

एमालेका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिनुभयो ।

वडा नं १७ मा जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नं. १७ को हकमा वैशाख ३१ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाइने निर्वाचन अधिकृत अर्यालले बताउनुभयो । त्यसपछि मौन अवधि सुरु हुनेछ ।

लबरुको कलेजो र मिर्गौला रोगका कारण मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ