२८ बैशाख, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष उम्मेदवार लबरू चौधरीको निधन भएपछि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारको निधनपछि नयाँ निर्वाचन कार्यतालिका तय गरेको हो।
नयाँ निर्वाचन तालिकाअनुसार एमालेका लागि मात्रै बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।चौधरी नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।
तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार भोली बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
निर्वाचन अधिकृत अर्यालका अनुसार वैशाख ३१ गतेदेखि मौन अवधि सुरू हुने छ । नेकपा एमाले उम्मेदवारको मृत्यु भएको हुँदा एमालेको हकमा मात्रै यो नियम लागू हुने बताइएको छ ।
निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरको सरकारी वकिलको कार्यालयमा आएर मनोनयन दर्ता लगायत कार्यक्रम हुने छन् ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन भए पनि तुलसीपुर उपमहानगरपालिकामा जेठ ३ गते स्थानीय तहको निर्वाचन वडा नं। १७ मा पूरा भएपछि मात्रै मतगणना हुने भएको छ ।