स्थानीय तह निर्वाचनः आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने

स्थानीय तह निर्वाचनः आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने

  • बुधबार, बैशाख २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

२८ बैशाख, काठमाडौं । निर्वाचन आयोगले आज र भोलि सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।

मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले जनाएको छ ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिन लागिएको हो ।

त्यस्तै, आयोगले मतदाता शिक्षा पनि दिने भएको छ । मत बदर नहोस भन्दै मतदान गर्ने सहि तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम गर्न लागिएको आयोगले जनाएको छ ।

यसअघि, आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयमसेवक लगायत मतदान कार्यमा खटिने सबै जनशक्तिलाई विभिन्न चरणमा तालिम तथा प्रशिक्षणसमेत दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ