निर्वाचन आयोगले प्रचण्ड र आरजुलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले प्रचण्ड र आरजुलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

  • मङ्लबार, बैशाख २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, २७ वैशाख । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
मतदातालाई दबाब र प्रभावित पार्नेगरी धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले आज साँझ प्रचण्ड र आरजुलाई स्पष्टीकरण सोधेको हो।

सत्ता गठबन्धनले वैशाख २३ गते चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभामा माओवादी अध्यक्ष दाहालले आफ्नी छोरी रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जाने आशयको अभिव्यक्ति दिएकोमा आयोगले स्पष्टीकरण सोधेको हो ।

त्यसैगरी प्रधानमन्त्री पत्नीसमेत रहेकी आरजुले डडेल्धुरामा कांग्रेस उम्मेदवारलाई नजिताए बजेट नपठाउने धम्की दिएकी थिइन् भने कैलालीमा ५ ६ जनालाई रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै प्रलोभन देखाएर मत मागेको बिषयमा स्पष्टीकरण सोधेको छ ।

प्रचण्डविरुद्ध नेपाली कांग्रेस (वीपी)ले वैशाख २७ गते मतदातालाई धम्क्याएको भन्दै निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ बमोजिम हदैसम्मको कारवाहीको माग गरेर आयोगमा उजुरी दिएको थियो।

यसमा आयोगले उक्त अभिव्यक्तिको मनसाय के हो, प्रचलित निर्वाचन कानून विपरीत छ कि छैन ? जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ, हुँदैन? बालिग स्वतन्त्र मताधिकारको प्रयोग गर्न पाउने हकलाई संकुचन गर्छ, गर्दैन ? भनेर २४ घण्टाभित्र जवाफ मागेको छ।

त्यसैगरी आरजुविरुद्ध स्पष्टीकरण कारवाहीको माग गरी बैतडीका हरिशप्रसाद अवस्थी र नेपाली कांग्रेस (वीपी)ले दर्ता गराएको उजुरीमा आयोगले स्पष्टीकरण सोधेको छ।

संघीय सरकारबाट स्थानीय तहहरुलाई के कति बजेट जाने भन्ने सम्बन्धमा संविधान र कानुन बमोजिम संघीय संचित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व बाँडफाँड गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्नेसमेतका कार्य नेपालको संविधानको धारा २५० बमोजिमको प्राकृतिक स्रोत तथा वित्त आयोगको काम कर्तव्य र अधिकारमा पर्ने हुँदा यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ कि छैन? ’ आयोगले बजेट रोकिदिने अभिव्यक्तिमा आरजुलाई सोधेको छ।

त्यस्तै ‘तपाईले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ, गर्दैन? पाईले कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन? ’ भन्ने प्रश्न गर्दै २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न आयोगले भनेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ