बिरगंज २७ बैशाख ।
चुनावको समयमा अहिले मतदाताहरुलाई आफ्नो पक्षमा पर्ने उमेदवारले रातभर आर्थिक चलखेल शुरु गर्न लागेको समाचार प्राप्त भएको छ। नेकपा एमाले बाट बीरगंज महमनगरपालिकाको नगर प्रमुख पदमा उमेदवार दिएका बिजय कुमार सरावगी अहिले आचरसहित विपरीत रातको समयमा हिडडुल गरिरहेका छन ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा मध्यरात तिर चुनावको विषयलाई लिएर रातभर तनाव भएको स्थानीयले बताएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगी, चुनावी दौरानका क्रममा राति नगवा स्थित कांग्रेसका क्षेत्रीय प्रतिनिधि विनोद चौरसियाको घरमा गएको बेलामा स्थानीयहरुले घर घेराउ गरेपछि स्थिति तनावपूर्ण बन्न पुगेको थियो ।
प्राप्त समाचार अनुसार नेपाली काङ्ग्रेस नगवा युवा नेता कृष्ण कुशवहाका अनुसार अर्थात नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि चौरसियाका भान्जा कृष्ण चौरसियाले निर्वतमान नगर बिजय कुमार सरावगीलाई आफ्नो मोटरसाइकलमा बसालेर ल्याएको बताइएको छ। यता सरावगीले भने मलाई चौरसियाले बोलाएको कारण आफू राति आएको बताए पनि अहिले नगर प्रमुख पदमा पाँच गठबन्धनको समर्थनमा नगर प्रमुख पदमा राजेशमान सिंह उमेदवार बनेका छन् ।नेपाली काङ्ग्रेसका जिम्मेवार ब्यक्तिको घरमा विपक्षी पुग्नुले धेरै अर्थ लाग्ने गरेको छ। निर्वाचनको समयमा रातविरात यसरी विपक्षी संग भेटघाट गर्नुले गठबन्धन माथि अन्तरघात गर्न खोज्नु त होइन भन्ने बिषयमा अहिले बजारमा चर्चा चल्न थालेको छ।
चौरसीयाको घरको मुल गेट अगाडि नै झण्डै तीन घण्टासम्म स्थानीयको समूहले विरोध गरेपछि रातको समयमा यसरी उमेदवार किन आएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए।स्थानीयले बताए अनुसार काहिँ आर्थिक चलखेल त भइरहेको छैन भन्ने आशंका लागेको बताए ।यदि मतदातालाई भेटघाट गर्नु नै थियो भने रातिको समयमा किन आएको भनेर प्रश्न समेत गरिरहेका छन् ।

स्थानीयले सरावगीलाई नियन्त्रणमा लिए पछि त्यहाँ प्रहरी पुगेको थियो। वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट समेत गएको टोलीले बिहान ३ बजेतिर चौरसीयाको घरबाट सरावगीलाई उद्धार गरेर चिनीमल आवास क्षेत्रस्थित उनको घरमा पुर्याएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताएका छन्।
प्रहरी उपरीक्षक बस्नेतका अनुसार सरावगी चुनावी दौरानका क्रममा भोट माग्न राति १२ बजेतिर नगवा स्थित काँग्रेस क्षेत्रीय प्रतिनिधि चौरसियाको घरमा गएपछि स्थानीय बासिन्दाहरुले घर घेराउ गरेको खबर आफुले साढे १२ तिर पाए लगत्तै त्यहा प्रहरी परिचालन गरेको बताएका हुन ।
आचार संहिता उल्लंघन गरेर सरावगी मध्यरातमा काँग्रेसका क्षेत्रीय प्रतिनिधि घरमा किन आएको भनेर स्थानीय र प्रहरी केही बेर तनाव समेत भएको थियो ।प्रहरीले सरावगीलाई बिहान ३ बजेतिर स्कर्टिङग मार्फत नीजि निवासमा पुराएको प्रहरी उपरीक्षक बस्नेतले बताए।
यता सरावगीले नगवाको रातिको घटना जसपाका मेयर उम्मेदवार र उनीबाट परिचालित कार्यकर्ताहरुको चुनावी स्टण्ट भएको बताए। उनले आफू मत माग्न मतदाताको घरमा गएका सुइकार गरेका छन् तर एउटा नेपाली काङ्ग्रेसका जिम्मेवार ब्यक्तिको घरमा नै किन राति पुग्नुपर्ने कारण भने खुलाइएको छैन ।
सोमबार राति नगवाबाट चौरसीयाले फोन गरेर बोलाएको भनेर सरावीले बताए पनि विपक्षी संग भेटघाट ठूलै अर्थ राखेको छ। यता नेपाली काङ्ग्रेसका जिम्मेवारी नेताहरूले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
सरावगीले भने ,‘ म उम्मेदवार हुँ, हरेक मतदाताको घरमा जान पाउनु मेरो अधिकार हो, तर दिनमा नगएर रातको समयमा त्यो पनि विपक्षीको घरमा पुग्नु यसमा धेरै कुरा आउन सक्ने बताइन्छ।
प्रहरी नायब उपरिक्षक खनालले भने राति १२.३० बजे खबर पाउने बित्तिक्कै प्रहरी घटनास्थलमा पुग्दा करिब दुई अढाइ सयको संख्यामा स्थानीय बासिन्दाहरु रहेको र नाराबाजी गरिरहेको अवस्थामा प्रहरीले सरावगीको उद्धार गरि ल्याउने काम गरेको डिएसपी खनालले बताएका छन।

प्रहरीको भनाइ अनुसार अहिले आचरसहित विपरीत लागू भएकोले केही पनि उमेदवारले रातको समयमा मत माग्न नपाइने भएकोले यो बिषयमा आफुहरुले अनुसन्धान गरिरहेको तर बेलुकी ७ बजेपछि चुनावी गतिविधि गर्न नपाउने भन्दै प्रहरी उपरीक्षक रमेश बस्नेतले बताएका छन् ।हामीले अहिले थप अनुसन्धान गरिरहेका छौ, उनले भने ।





