नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन: देउवा

नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन: देउवा

  • मङ्लबार, बैशाख २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

वैशाख २७, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टी नेता तथा कार्यकर्ताहरूलाई सार्वजनिक अपील गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउलाले स्थानीय तह निर्वाचनमा सक्रियताका साथ सहभागी हुन आग्रह गरेका छन् ।

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार भएको भन्दै सभापति देउवाले आफ्ना प्रतिनिधि चयनमा सहभागी हुन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर हाम्रो ऐतिहासिक पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी बनाउनु हुन हार्दिक अनुरोध गर्दछु।

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार भएको भन्दै उनले भनेका छन्, ‘स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ पनि हो । हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो । नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौति पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेका छन् ।’

नेपालमा सामाजिक र आर्थिक आन्दोलन कांग्रेसकै अगुवाइमा भएको देउवाको भनाइ छ । उनले नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा निर्णायक भूमिका निर्वाह गर्दै आएको कांग्रेसले संविधानको रक्षा गर्नुपर्ने बताएका छन् । ुनेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रा सामु छर्लङ्ग छ,’ सत्तारुढ गठबन्धनबारे उनले भनेका छन्, ुयही परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनु पर्ने अवस्था बारे तपाईं हामी सबै जानकार नै छौं ।’

कांग्रेस राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिबद्ध रहेको देउवको भनाइ छ । उनले आफू नेतृत्वको सरकारबारे भनेका छन्, ‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदाय माझ भरोसा र विश्वास बढेको छ । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भैरहेका छन् ।’

स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनमा अर्को इँटा थप्ने कार्य भएको देउवाको भनाइ छ । उनले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन सम्पन्न हुने लागेको भन्दै मतदाताको हातमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार आएको देउवाको भनाइ छ ।

देउवाले कार्यकर्ताहरूलाई अपील गर्दै अरु कुरा गर्ने तर कांग्रेसले गरेर देखाउने बताएका छन् । उनले भनेका छन्, हामी काम गर्छौं’, ‘सबल स्थानीय सरकार स् समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो । यो विश्वासका साथ ‘रूख’ चिह्नमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउनु हुन हार्दिक अपील गर्दछु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ