समाजसेवी खनाल:  गाउँको विकास मार्फत जनताको मुहारमा खुशी ल्याउन चुनावी मोर्चामा

समाजसेवी खनाल:  गाउँको विकास मार्फत जनताको मुहारमा खुशी ल्याउन चुनावी मोर्चामा

  • मङ्लबार, बैशाख २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

लुम्बिनी, २७ वैशाख ।
लुम्बीनी प्रदेशको अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. ९ का समाजसेवी महेन्द्रबाबु खनाल यतिबेला चुनावी मोर्चामा अग्रसर छन् । स्थानीयस्तरमा समाजसेवा मार्फत सबैको मन जितेका खनाल मालारानी गाउँपालिका वडा नं. ९ गोखुङ्गाको समग्र विकासको लागि गठबन्धनको तर्फबाट वडाध्यक्ष पदमा उमेद्वार बनेका हुन् ।

उनी नेकपा माओवादी केन्द्रसहितको गठबन्धनको तर्फबाट चुनावी मोर्चामा होमिएका हुन् । गाउँमा विकास निर्माण देखि स्थानीयलाई सुःख दुखमा साथ दिँदै आएका खनालले वडाध्यक्ष पदमा विजयी भइ समग्र गाउँको विकासमा बाँकी समय खर्चीने योजना बनाएका छन् ।

गाउँमा स्वास्थ, शिक्षा तथा विकासका पूर्वाधार मार्फत सबै जनताको मुहारमा खुशी ल्याउने उनको अठोट छ । हालसम्म कुनैपनि विवादमा नआएका र सामाजीक रुपमा स्वच्छ छवी बनाएका खनालले विकास मार्फत नमुना वडा बनाउने उदेश्यले जनताको अग्नीपरिक्षामा हाम फालेको बताउँछन् ।

इमानदार, शिक्षाप्रेमी र उच्च नैतीकवान खनाल बौद्धिक एवं शिक्षा प्रेमी मानिन्छन् । शाक्षर परिवारमा हुर्किएका उनी समाज शिक्षित भयो भने मात्र गाउँको विकास संभव छद भन्ने मान्यता राख्छन् । उनका बुवा तथा हजुरबुबा पनि राजनीति मार्फत गाउँलाई साक्षर बनाउन हिजोका दिनमा अग्रसर रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ