स्थानीय चुनावको प्रचार प्रसारको आज अन्तिम दिन, मध्यराति १२ बजेपछि मौन अवधि सुरु हुँदै

स्थानीय चुनावको प्रचार प्रसारको आज अन्तिम दिन, मध्यराति १२ बजेपछि मौन अवधि सुरु हुँदै

  • मङ्लबार, बैशाख २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

२७ बैशाख, काठमाडौं । यहि वैशाख ३० गते शुक्रबार हुने स्थानीय निर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । उम्मेदवारहरुले आफ्नो चुनाबी प्रचार प्रसारको अन्तिम दिन हो ।

मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, शुभेच्छुक लगायतले उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने अन्तिम दिन हो ।

निर्वाचन आयोगले मौन अवधि पुर्ण रुपमा पालना गर्न सबैलाई अपिल गरेको छ । मौन अवधिमा राजनीतिक दल, नेता, उम्मेदवार, कर्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिंदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

मौन अवधिभर निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइने छैन । मौन अवधि सुरु हुनु भन्दा अगाडि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्ने छ ।

यसबाहेक कुनै पनि बिधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । साथै मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सुचना, वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न वा गराउन पाइने छैन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ