निर्वाचन आयोगद्धारा ९ जनालाई विशेष पर्यवेक्षकको मान्यता प्रदान

निर्वाचन आयोगद्धारा ९ जनालाई विशेष पर्यवेक्षकको मान्यता प्रदान

  • मङ्लबार, बैशाख २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

२७ बैशाख, काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’ को मान्यता दिएको छ ।

देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षकहरु स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिएकोमा आयोगले ९ जनालाई ‘विशेष पर्यवेक्षक’को मान्यता सहित अनुमति दिएको हो ।

निर्वाचन आयोगले पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु भोजराज पोखरेल र निलकण्ठ उप्रेती, पूर्वगभर्नर हिमालय शमशेर जबरा, पूर्व निर्वाचन आयुक्त इला शर्मा, मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्य र पूर्वसचिव उदय नेपालीलाई विशेष पर्यवेक्षकको मान्यता दिएको हो ।

निर्वाचन आयुक्त सगुनशमशेर जबराले निर्वाचनसम्बन्धी विषयमा विशेष अनुभव भएका पूर्व विशिष्ठ पदाधिकारीलाई विशेष पर्यवेक्षकको मान्यता दिइएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ