वैशाख ३० गते विदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको अपील, वर्षाबाट बच्ने तयारी सुरु

वैशाख ३० गते विदा दिन निजी क्षेत्रलाई निर्वाचन आयोगको अपील, वर्षाबाट बच्ने तयारी सुरु

  • सोमवार, बैशाख २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौं, २६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निवाृचनको दिन वैशाख ३० गते विदा दिन निजी क्षेत्रलाई अपील गरेको छ। सबै मतदाताले आफ्नो मत सुनिश्चित गर्न पाउने अधिकारलाई नजर गर्दै आयोगले निजी क्षेत्रलाई विदा दिन आह्वान गरेको हो।

नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आफ्नो मत दिने अधिकारलाई मध्यनजर गर्दै निजी क्षेत्र, संघसंस्था, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्थालाई निर्वाचनका दिन वैशाख ३० गते विदा दिन आग्रह गरे ।

त्यस्तै भोलि (मंगलबार)बाट सुरु हुने मौन अवधिमा प्रचार प्रचार रोक्न दल तथा उम्मेदवारलाई आयोगले निर्देशन दिएको छ। सामाजिक सञ्जालमार्फत् हुनसक्ने प्रयोजित प्रचास प्रसार नगर्न पनि आयोगले आग्रह गरेको छ। त्यस्ता प्रचार प्रसार रोक्न आयोगले सेवा प्रदायक संघसंस्थालाई निर्देशनसमेत दिएको छ।

त्यस्तै टेलिकम संस्थाहरुबाट प्रचार प्रसारका लागि कुनै पनि एसएमएस सेवा उपलब्ध नगराउन नगर्न आग्रह गरेको छ। त्यस्तै निर्वाचन आचारसंहिता उल्लंघ गर्ने भूमि आयोगका पदाधिकारीसहित सरकारी पत्रिका गोरखा पत्र दैनिकका अध्यक्षलाई समेत तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ।

यसैबीच, स्थानीय तह निर्वाचनको दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले बताएपछि निर्वाचन आयोगले त्यसबाट बच्ने तयारी थालेको छ। पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले गृह मन्त्रालय र संघीय मामिला मन्त्रालयमार्फत् तयारी थालेको बताए।

‘मौसम पूर्वानुमान महाशाखाले वर्षाको सम्भावना भनेपछि हामीले उहाँहरुसँग पनि छलफल गरेका छौं। पानी परिहाले के गर्ने भनेर गृह मन्त्रालय र संघीय मामिला मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौं। पानी परे पनि सुरक्षित तवरबाट मतदान गराउने हाम्रो तयारी छ, प्रवक्ता पौडेलले भने।

उनले समय छोटो भएकाले सक्षम पालिकालाई सुरक्षित तवरबाट मतदान गर्नसमेत आग्रह गरेको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ