मैले बोलेको बुझ्ने बुद्धिजीवीको संख्या थोरै छ, म शास्त्रको कुरा गर्छु अरुले उखान टुक्का बुझ्छन्ः ओली

मैले बोलेको बुझ्ने बुद्धिजीवीको संख्या थोरै छ, म शास्त्रको कुरा गर्छु अरुले उखान टुक्का बुझ्छन्ः ओली

  • सोमवार, बैशाख २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

पोखरा, २६ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले नेपाललाई समृद्ध बनाउने र नेपाली जनतालाई सुखी बनाउने लक्ष्य बनाएर अगाडि बढिरहेको बताएका छन् ।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सोहि उदेश्य पुरा गर्न एमालेका उम्मेद्वारलाई मत दिन आग्रह गरे ।
एमालेले सरकारमा पाइलो टेक्यो कि समाज सुधारका कामहरु, विकासका कामहरु यी सब्बै अगाडि बढ्छन्, ओलीले भने ।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा पार्टीको विजयी भइसकेको र एउटा कर्मकाण्ड मात्रै बाँकी रहेको पनि बताए । धाँधलीबाट परिणाम तलमाथि गर्न नदिन शान्ति, स्वतन्त्रताको पक्षमा दृढताका साथ चनाखो हुनुपर्नेमा जोड दिदैँ उनले भने, एमालेको विजयी भइसकेको छ। एउटा मात्र कर्मकाण्ड वैशाख ३० गते पुर्‍याउनुछ ।

जनताले निर्वाध ढंगले मत मात्रै हालेर मात्रै हुँदैन, मतको रक्षा उस्तै ढंगले गर्नुपर्नेमा उनले जोड दिए। एमालेले पार्टी जित्ने मात्रै होइन, लोकतन्त्र जिताउने भन्दै ओलीले शान्तिपूर्ण ढंगले जित्ने पक्षमा रहेको बताए । उनले सत्ता गठबन्धनलाई लक्षित कसैले खलल पार्न खोज्छ भने त्यो हामीले दृढतापूर्वक रोक्नु पनि निर्देशन दिए । एक छिन पशुपतिमा पूजा गर्न जाँदा फूलको टोकरी बाँदरले लगिदिनसक्छन्, यहाँ त ५ वटा बाँदर एकैचोटि आउँछन्, ओलीले भने ।

आफूले बोलेको बुझ्ने बुद्धिजीवीको संख्या थोरै मात्रै रहेको दावी गर्दै अध्यक्ष ओलीले भने, म शास्त्रको कुरा गर्छु,अरुले उखान टुक्का बुझ्छन् । उनले आफ्नो भावनात्मक सम्बन्ध पोखरासँग रहेको बताए।

ओलीले कांग्रेसका नेताहरुले सिद्धान्त छोडेको पनि बताए । ‘कांग्रेसका नेताहरुले सिद्धान्त छोड्नुभयो । विचार छोड्नु भयो । कृष्णप्रसाद भट्टराईले जीवनको उत्तराद्र्धमा कांग्रेस छोड्नुभयो । गणेशमान सिंहले छोड्नु भयो,’ उनले भने,’ बीपी कोइराला हुनुहुन्थ्यो भने अहिलेको कांग्रेस काम छैन भनेर छोडेर हिँड्नुहुन्थ्यो ।’

‘अब देश बनाउने एमाले छ । भिजन भएको पार्टी, योजना भएको पार्टी, देश बनाउने संकल्प भएको पार्टी, विकासको अभियानलाई तीब्र बनाउने पार्टी एमाले मात्रै हो’, ओलीले भने । उनले अब देश बनाउने जिम्मेवारी एमालेको काँधमा आएको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ