भोलि रातिदेखि ७२ घण्टा अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने, अनुमतिबिना सीमाबाट आवतजावत गर्न नपाइने

भोलि रातिदेखि ७२ घण्टा अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने, अनुमतिबिना सीमाबाट आवतजावत गर्न नपाइने

  • सोमवार, बैशाख २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

२६ बैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षका लागि सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिन भन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र निर्वाचन प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनुमतिबिना सीमाबाट आवतजावत गर्न नदिन निर्देशन दिएको जानकारी दिनुभयो ।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्दछ ।मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र चलाउन पाइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ