मतदातालाई अपिल गर्न ओलीले पत्रकार सम्मेलन गर्दै

मतदातालाई अपिल गर्न ओलीले पत्रकार सम्मेलन गर्दै

  • आइतवार, बैशाख २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

२५ बैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदातालाई अपिल गर्नका लागि आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।

पार्टी मूख्यालयमा साढे १० बजे पत्रकार सम्मेलन गरेर ओलीले यही बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन ओलीले अपिल गर्ने तय भएको हो ।

पत्रकार सम्मेलन सकेर ओली आजै बुटवल जाने कार्यक्रम रहेको छ । बुटवलको देवीनगरस्थित खुला चौरमा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली जाने कार्यक्रम रहेको छ ।

बुटवलमा सत्ता गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डे मेयरको उम्मेदवार हुनुहुन्छ भने एमालेबाट बाबुराम भट्टराई उम्मेदवार हुनुहुन्छ ।

बुटवलमा शनिबार प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ