इटहरी पुगेर ओलीले भने-‘प्रचण्ड रुखमा चढेर चकचक गरिरहने बाँदर हो’

इटहरी पुगेर ओलीले भने-‘प्रचण्ड रुखमा चढेर चकचक गरिरहने बाँदर हो’

  • शनिबार, बैशाख २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

सुनसरी, २४ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरी रेणु दाहाल हारेमा देशमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याएको टिप्पणी गर्नु गर्नुभएको छ ।

शनिबार इटहरीमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चुनावमा हार्ने डरले पाँच दलबीच गठबन्धन गरेको समेत बताउनु भयो । उहाँले प्रचण्डलाई चकचके बाँदरको शंज्ञा समेत दिनुभएको छ । ‘एउटा चकचके बाँदर रुखमा चढेर बदमासी गरिरहेको हुन्छ,’ प्रचण्डलाई बाँदरको संज्ञा दिँदै उहाँले भन्नुभयो, ‘प्रचण्ड त्यहि रुखमा चढेर चकचक गरिरहने बाँदर हो ।’

ओलीले एमालेसँग चुनाव हार्ने डरका कारण पाँच दलिय गठबन्धनले वडासम्म चुनावी तालमेल गरेको आरोप लगाउनुभयो । पाँच दलीय गठबन्धनलाई पराजित गर्न एमाले एक्लै काफी रहेको उहाँको दाबी छ ।

अध्यक्ष ओलीले आफ्नो पार्टीका उम्मेदावारहरूलाई निर्वाचित गराए धरान र इटहरीको विकासको जिम्मा आफूले लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

देशकै विकासको नेतृत्व गर्ने प्रतिवद्धता जनाएकाले आफ्ना उम्मेदवारलाई विजय गराए इटहरी र धरानलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउने बताउनुभयो ।

अध्यक्ष ओलीले लोकप्रियताका कारण वृद्धदेखि बालकसम्म सबैले आफूलाई ‘आइलभयू’ भन्न थालेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ