केपी ओलीलाई प्रयोग गरी मुलुकलाई अस्थिरतातर्फ लग्न ग्राइन्डिजानइन चलेको कांग्रेस नेता पौडेलको आरोप

केपी ओलीलाई प्रयोग गरी मुलुकलाई अस्थिरतातर्फ लग्न ग्राइन्डिजानइन चलेको कांग्रेस नेता पौडेलको आरोप

  • शनिबार, बैशाख २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

तनहुँ, २४ वैशाख । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले केपी ओलीलाई प्रयोग गरी यो मुलुकलाई अस्थिरतातर्फ लग्न ग्राइन्डिजानइन चलेको आरोप लगाउका छन् ।
कांग्रेस तनहुँले शनिबार दमौलीमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै लनेता पौडेलले नेपालमा राजनीतिक स्थिरता कायम हुन नदिने, मुलुकलाई स्थायीरुपमा राजनीतिक स्थिरता कायम गरी विकास गर्ने मौका नदिने जहिल्यै पनि नेपालीलाई गरिबी र अविकसित मुलुक बनाइराख्न केपी ओलीलाई प्रयोग गरी यो मुलुकलाई अस्थिरतातर्फ लग्न ग्राइन्डिजानइन चलेको नेता बताए ।

केपी ओली राजनीतिक अस्थिरताको प्रतिक बनेको पनि उनको आरोप छ । पटक पटक संसद् विघटन गरेर मुलुकको राजनीतिलाई स्थिर हुन नदिएर नेपालको विकासमा ओली बाधक बनेको उनको भनाई छ ।

राजनीतिक अस्थिरता र भ्रष्टाचार देश विकासको दुइटा बाधक तत्व रहेको भन्दै पौडेलले राजनीतिक अस्थिरताको सामना गर्न नै गठबन्धन बनेको बताए ।
उनले भने, ‘राजा महेन्द्रले ०१७ सालमा र राजा ज्ञानेन्द्रले ०५९ सालमा संसद् भंग गरी तानाशाही प्रवृत्तिले चलाएको जस्तै केपी ओलीले पनि दुई पटक संसद् भंग गरे र अदालतले फर्काएको संसद् पनि चल्न नदिएर संसदीय व्यवस्थालाई निरन्तर प्रहार गरे । राजनीतिलाई अस्थिरतातिर धकेलेर मुलुकलाई विकास हुन दिएनन् ।’
नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको मा पौडेलले जोड दिए ।नेता पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको भन्नुभएको स्मरण गर्दै त्यतिबेलादेखि नै कांग्रेसको माओवादीसँग गठबन्धन सुरु भएको बताए ।
समाजसेवी र जनताको घरघरमा पुग्ने व्यक्तिले चुनाव जित्ने गरी वातारवण सिर्जना गरेर राष्ट्र बचाउनुपर्ने आजको मुख्य मुद्दा बनेको उनको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ