सिर्जना सिंहलाई मैले नै टिकट दिएको हुँ, प्रकाशमान त स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्योः देउवा

सिर्जना सिंहलाई मैले नै टिकट दिएको हुँ, प्रकाशमान त स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्योः देउवा

  • शुक्रबार, बैशाख २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

वैशाख २३, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई जिताएमा इमान्दारीपूवक नेतृत्व गर्ने बताएका छन् ।
काठमाडौंमा शुक्रबार पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै देउवाले कसैको श्रीमती भनेर बिरोध नगर्न आग्रह गर्दै महिला उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरे ।

‘बाबुआमाले विवाह प्रकाशमानसँग गरिदिए सिर्जनाको के दोष ? आमाबाबुले बिहे गरिदिए बिचरीले के गरुन् ?,’ देउवाले भने, ‘राजधानीको उम्मेदवार महिला हुनु ठूलो कुरा हो । महिलालाई हराए राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्ला ? त्यसैले सिर्जलाई जिताउनुपर्छ ।’
काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन प्रकाशमान डराएको पनि देउवाले बताए । देउवाले भने, काठमाडौंमा प्रकाशमानले श्रीमतीलाई टिकट दिलायो भन्छन्, तर यहाँ प्रकाशमान डराएका थिए । क्याहो, क्याहो स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्यो, मैले नै काठमाडौंको मेयर बन्न सिजना योग्य हुनुहुन्छ भनेर टिकट दिएको हुँ ।

यस्तै कार्यक्रममा देउवाले भरतपुरमा रेनु दाहालले राम्रो काम गरेको र आफूले नै उम्मेदवार बनाउन जोड दिएको बताए ।
पुष्पकमल दाहालको छोरी भएर जन्मिनु रेनु दाहालको र प्रकाशमान सिंहकी श्रीमती हुनु सिर्जना सिंहको गल्ती नभएको देउवाले दोहोर्याएका थिए ।
‘प्रचण्डजीको छोरी भएर जन्मनु अपराध होइन । कहाँ जन्मिने कुरा हातमा हुँदैन । प्रचण्डको छोरी हुनु गल्ती होइन, कति राम्रो काम गर्नु भएको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ