काठमाडौं, २३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेयरमा सीर्जना सिंह र उपमेयरमा रामेश्वर श्रेष्ठलाई वीजयी बनाउन अपील गर्नुभएको छ । काठमाडौंमा आज आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
सीर्जना र रामेश्वरलाई विजयी बनाउनु भनेको परिवर्तन र संविधानको प्रगतिशील पक्षलाई विजयी बनाउनु भएको उहाँको भनाई थियो । महिला क्षमताको अवमूल्यन गर्ने प्रवृत्तिको मविरोध हुँ अध्यक्ष प्रचण्डले थप्नुभयो, हुन त भरतपुर र काठमाडौंको मेयरका बारेमा अनावश्यक टिकाटीप्पणी भइरहेका छन्। कसैलाई छोरीको रुपमा कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमतामा अवमूल्यन गर्ने एक थरी मानिसका कोसिस छन्, म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु। जहाँ जहाँ कार्यकारी भूमिकामा महिला रहेका छन्, त्यहाँ राम्रो काम भएको छ।’
उहाँले काठमाडौं महानगरमा सिर्जना सिंह मेयरमा उठ्नु सबैका निम्ति खुसी र गर्वको कुरा भएको भन्दै सबैलाई सिजनालाई मेयरमा मतदान गरि जिताउन आग्रह गर्नुभयो । युद्ध, शान्ति र संविधान निर्माणका बेला महिलालाई प्रोमोट गर्ने विषयमा निकै ठूलो छलफल भएपनि हारमा लागू गर्ने कुरामा कहीँ नै कहीँ आफुहरु चुकेका पनि उहाँले बताउनु भयो ।