केपी ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने कोसिस भइरहेको छ: कांग्रेस नेता पौडेल

केपी ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने कोसिस भइरहेको छ: कांग्रेस नेता पौडेल

  • शुक्रबार, बैशाख २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताउनुभएको छ ।
नेपालले कहिल्यै राजनीतिक स्थायित्व पाउन नसकेको उल्लेख गर्दै उहाँले विकास र प्रगतिको बाटोमा हिँड्न नसक्नुको कारण खोज्दै आफूहरुले गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।

पाँच दलीय गठबन्धनले आज आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको गठबन्धन परिवर्तनको पक्षमा उभिएकाले प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएको बताउनुभयो । निमित्त नायक बन्दै नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संसद् र जनतम तथा स्थायित्व र सुशासनमाथि प्रहार गरेको आरोप लगाउनुभयो । उहाँले एकले अर्कालाई सहयोग गरेर अगाडि जानुपर्नेमा जोड दिँदै भन्नुभयो, “छ वटा महानगरमध्ये तीन वटा महानगरमा कांग्रेसले सहयात्री दललाई सहयोग गर्छ भने तीन वटामा कांग्रेसले सहयोग पाउँछ ।”

नेता पौडेलले केपी ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने कोसिस भइरहेको बताउनु भयो । ‘यो देशले विकास गर्ने अवसर पाएको छैन । देशमा राजनीतिक स्थिरता कायम गराउन सकेका छैनौं । केपी ओलीज्यू प्रधानमन्त्री हुनुभयो । तर, उहाँ निमित्त नायक बनेर मुलुकलाई अस्थिरताको कारक बन्नुभयो । मुलुकको सुशानमाथि प्रहार गनुभएको छ । केपी ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने काम भयो । ‘

गठबन्धनभित्रैका साथीहरुलाई हामी हँसिया हतौडामा छाप हान्दैनौं, रुखमा छाप हाल्दैनौं भनेर गठबन्धनलाई कमजोर पार्ने खेल भएको उहाँको भनाइ छ।

नेपालको संविधान र निर्वाचन प्रणालीले पनि संयुक्त सरकारको परिकल्पना गरेकाले गठबन्धन जरुरी रहेको नेता पौडेलको भनाइ थियो । उहाँले पुरानो र सङ्कीर्ण सोचबाट उठेर देशको मूल समस्या समाधान गर्न एक ठाउँमा उभिनुपर्ने भएकाले र अलगअलग पार्टीबीचमा एकता जरुरी रहेको स्पष्ट पार्नुभयो ।

सामाजिक न्याय कायम गरेर निमुखा जनतालाई न्याय, विपन्न जनतालाई आयको वातावरण बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता पौडेलले कृष्णप्रसाद भट्टराईले देख्नुभएको सपना साकार भएको र त्यसलाई अझ विस्तार गरेर जानुपर्ने, एवं काठमाडौँ उपत्यकाको फोहरमैलाको व्यवस्थापनका लागि दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने बताउनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ