अरुजस्तो झुठको पुलिन्दा बाँध्ने पार्टी कांग्रेस होइन, यसले जे बोल्छ त्यहि गर्छ: नेता रिजाल

अरुजस्तो झुठको पुलिन्दा बाँध्ने पार्टी कांग्रेस होइन, यसले जे बोल्छ त्यहि गर्छ: नेता रिजाल

कांग्रेस पोखरीया नगरपालिकाको चुनावी घोषणापत्रः फ्री वाइफाइ, बालविवाह मुक्तदेखि निशुल्क एम्बुलेन्स सेवा

  • शुक्रबार, बैशाख २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

वीरगन्ज, २३ वैशाख । पर्साको पोखरीया नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना प्रतिबद्धतासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरीयामा चुनावी सभा गरेर पर्साका शीर्ष कांग्रेस नेता र उम्मेदवारहरुको उपस्थितिमा कांग्रेसले पोखरीया नगरपालिकालाई बालविवाह मुक्त बनाउनेदेखि फ्री वाइफाइ सेवासम्मका प्रतिबद्धता सहितको आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

नगरको विकास र समृद्धिलाई प्राथमिकतामा राखेको भन्दै कांग्रेसले चुनावी घोषणापत्रमा बेरोजगारी अन्त्य , कृषिमा आधुनिकीकरण , स्वास्थ्य , शिक्षा , सुशासनका बुँदाहरु समेटेको छ ।

हाम्रो संकल्प हाम्रो योजना नाम दिइएको चुनावी घोषणापत्रमा बालविवाह मुक्त नगरपालिका बनाउने, २० वर्ष उमेर पुगेर विवाह गर्ने युवतीको २५ हजार रुपैयाँको बिमा गर्ने, हरेक वडालाई एक आपसमा जोड्न रिङ रोड निर्माण गर्ने उल्लेख छ ।

यसैगरी रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थालाइ १० देखि ५० हजार रुपैयाँ नगद सहयोग गर्ने , पोखरीयादेखि वीरगन्जसम्म निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने , सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने , प्राविधिक शिक्षा उत्तीण गरेका युवायुवतीलाई रोजगारी उपलब्ध गराउने , हरेक वडामा फ्री वाइवाइ सेवाको प्रबन्ध मिलाउने पनि कांग्रेसले प्रतिबद्धता जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले कांग्रेसले बोलेको कुरा गरेर देखाउन प्रतिबद्ध रहेको बताए ।
अरुजस्तो झुठको पुलिन्दा बाँध्ने पार्टी कांग्रेस होइन, यसले जे बोल्छ त्यहि गर्छ, गर्न सक्ने काम मात्रै बोल्छ , जनतालाई भ्रममा राख्दैन उनले भने ।

रिजालले मुलुकमा भएका हरेक राजनीतिक संकटको निकास कांग्रेसले नै दिएको भन्दै पोखरीयामा पनि युवा नेतृत्व मेयरका उम्मेदवार दिपनारायण रौनीयार मन्टु लाई चुनावी मैदानमा उतारकोले कांग्रेसका उम्मेदवारलाई बहुमतका साथ जिताउन अपिल गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ