ओली उपस्थित चुनावी सभामा सर्प आएपछि सहभागीको भागाभाग

ओली उपस्थित चुनावी सभामा सर्प आएपछि सहभागीको भागाभाग

  • बिहिबार, बैशाख २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाडौं, २२ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कैलालीको चुनाबी सभामा सर्प आएपछि सहभागीहरुबीच भागाभाग भएको छ । ओली चुनाव सभामा सम्बोधन गर्न बिहीबार कैलाली पुगेका छन्। सम्बोधनको क्रममा चुनावी सभा क्षेत्रमा सर्प आएपछि केही समय भागाभाग भएको थियो।

मान्छेहरु चिच्याउँदै गर्दा ओलीले थामथुम पार्ने प्रयास गरेका थिए। सुरुमा त उनले पछि नारा लगाउनु भन्दै आग्रह गरेका थिए। तर सर्प आएको थाहा पाएपछि ओली पनि केही समय चुपचाप बसे ।

त्यस्तै सम्बोधनकै क्रममा प्राविधिकले अर्को माइक थप्छन्। जति चिच्याउँदा पनि सहभागीले नसुनेको भन्दै ओलीले प्राविधिकलाई नै हप्काएका थिए । ब्याटरी स्याटरी त डाउन भएन। चिच्याउँदा समेत सुनिँदैन , उनले प्राविधिकलाई भनेका थिए । केहिसमयपछि दुइटा माइक जडान भएपछि ओलीले फेरि सम्बोधनलाई निरन्तरतादिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ