काँग्रेसले र्ईमान्दारीपूर्वक हसिया हथौडामा भोट हाल्यो भने , यो गठबन्धन २० वर्ष लान सकिन्छ : प्रचण्ड

काँग्रेसले र्ईमान्दारीपूर्वक हसिया हथौडामा भोट हाल्यो भने , यो गठबन्धन २० वर्ष लान सकिन्छ : प्रचण्ड

  • बिहिबार, बैशाख २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

बैशाख २२ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेसले ईमान्दार भएर हँसिया हथौडामा मत दिएमा यो गठबन्धन अझै २० वर्ष सम्म लैजान आफू प्रतिवद्ध रहेको बताएका छन् ।
आज चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई संवोधन गर्दै प्रचण्डले देशका लागि , लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेकाले भरतपुरमा हँसिया हथौडामा मत दिन्न भन्दा देश दुर्घटनामा जान सक्ने चेतावनी दिए ।

उत्साहजनक ढंगले रेणु र चित्रसेन अधिकारीलाई मत दिनुहोस् , गठबन्धन अगाडी जान्छ, सहमति , सहकार्य र एकताको विकल्प छैन , प्रचण्डले भने ।

‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हारेको वास्तविकता जनताले नबुझ्दा आफू खिन्न हुनुपरेको बताएका छन् ।

‘हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली हो,’ अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा तपाईँले नबुझेको सुन्न पर्दा खिन्न महसुष भएको छ ।’

उनले ‘लकिरको फकिर’ भएर लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । उनले गठबन्धनको विरोध गरिरहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई इङ्गीत गर्दै भने, ‘विधि, पार्टी र पद्धती बाहिर गएर कोही व्यत्ति विर पनि हुने स्थित अहिले नेपालमा छैन ।’

सम्बोधनका क्रममा उनले सहमति सहकार्य र एकता आजको पनि आवश्यकता रहेको जनाए । गठबन्धन बनेको दिनदेखि यसलाई तोड्ने प्रयास भएका दाबी उनले गरे ।

‘हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ । तपाईँको साथ सहयोग भयो भने, उत्प्रेरणा भयो भने यो गठबन्धन दशकौं जान्छ । यो स्वभाविक र प्राकृतिक गठबन्धन हो,’ अध्यक्ष प्रचण्डले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ