बैशाख २२ भरतपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीलार्ई झुट र भ्रमको खेती गर्न हजार जिब्रो भएको शेष नागले पनि नसक्ने टिप्पणी गर्दै आफूले पनि त्यस्तो गर्न नसक्ने तर्क गरेका छन् ।
आज भरतपुरमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई संवोधन गर्दै अध्यक्ष नेपालले केपी ओली बयलगाडाको सिद्धान्तको प्रवर्तक भएको पनि टिप्पणी गरे ।
केपी ओलीले भ्रम र झुटका बारेमा पिएचडी नै गरेको टिप्पणी गर्दै उनको बखान गरेर नसकिने नेपालको तर्क छ ।
भरतपुरमा रेणु दाहालले उत्कृष्ट काम गरेको भन्दै गठबन्धनले साझा उम्मेद्धार बनाएको र जिताउन भरतपुरवासी नागरिकलाई नेपालले अपील पनि गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline