बैशाख २२ चितवन । राजनीतिको केन्द्र बनेको चितवनको भरतपुरमा यस पटक काँग्रेसका जगन्नाथ पौडेल बागी उम्मेद्धार बनेका छन् । उनको उम्मेद्धारी फिर्ता गराउन गृहमन्त्री वालकृष्ण खाँडदेखि तमाम नेता लाग्दा पनि सकेका छैनन् ।
आज चितवनमै पुगेर काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेर उम्मेद्धारी निष्क्रिय पार्न आग्रह गर्दा पनि जगन्नाथले अस्वीकार गरेका छन् ।
आज भरतपुरमा गठबन्धनको चुनावी सभालाई संवोधन गर्नका लागि सभापति देउवा पौडेल सहितका नेता चितवन पुगेका छन् । आज होटल सिराईचुलीमा भएको भेटमा गठबन्धनको मर्म अनुसार उम्मेद्धारी फिर्ता लिएर रेणुलाई सहयोग गर्न पौडेलले आग्रह गरेपनि उनले अस्वीकार गरेका छन् ।
यस अघि नै जगन्नाथ पौडेललाई नेपाली काँग्रेसले कार्बाही गरीसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline