चितवनमा आज गठबन्धनको सँयुक्त चुनावी सभाः देउवा प्रचण्ड सहित शीर्ष नेताले संवोधन गर्ने

चितवनमा आज गठबन्धनको सँयुक्त चुनावी सभाः देउवा प्रचण्ड सहित शीर्ष नेताले संवोधन गर्ने

  • बिहिबार, बैशाख २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

बैशाख २२ चितवन । दलहरुले प्रतिष्ठाको बिषय बनाएको चितवनको भरतपुर महानगरपालिकामा आज गठबन्धनले सँयुक्त चुनावी सभा गर्दैछ । सो चुनावी सभालाई संवोधन गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव त्याहाँ हिजै पुगिसकेका छन् ।

सभालाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जनमोर्चाका नेताहरुले पनि संवोधन गर्ने माओवादी केन्द्रका चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।
भरतपुरमा गठबन्धनको तर्फबाट माओवादीकी रेणु दाहाल उम्मेद्धार छिन् भने काँग्रेसले दाहाललाई समर्थन गरे पनि जगन्नाथ पौडेल बागी उठेका छन् । पौडेललाइ सम्झाउन प्रयास गरेपनि काँग्रेस सफल हुन नसकेपछि उनी भुईकटहर चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् ।
यता एमालेका बिजय सुवेदी पनि शक्तिशाली प्रतिस्पर्धी भएका कारण चितवनमा काँग्रेसका शीर्ष नेता नै रेणु दाहाललाई जिताउन सक्रिय भएर लागेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ