बेशाख २२ हुम्ला । अहिले स्थानीय तहको निर्वाचन नजिकिदै जादा बागी विरोध र असन्तुष्टीहरु पनि देखिएका छन् दलहरुभित्र । तर यस्तोमा हुम्लामा भने बागीले रोचक दृष्य देखाएका छन् ।
मनोनयनमा असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेद्धारी दिएका माओवादीका एक उम्मेद्धारले पार्टीको आधिकारीक उम्मेद्धारलाई समर्थन दिँदै आफ्नो उम्मेद्धारी निष्क्रिय मात्र पारेनन् , एक लाख रुपैयाको पैसाको माला लगाएर चुनाव जिताउने बाचा पनि गरे ।
यससरी स्वागत र सहयोग पाउने भाग्यमानी माओवादी उम्मेद्धार हुन् हुम्लाको ताजकोट गाँउपालिकाका अध्यक्षका प्रत्यासी लालकेश जैशी ।
उनलाई एक कार्यक्रमका बीच बागी अकविर खड्काले आफू चुनाव लड्न जुटाएको एक लाख रुपैया खर्च माला बनाएर भिराईदिएर हस्तान्तरण गरेका हुन् ।
त्याहाँ गठबन्धनका आधारमा माओवादीका जैशी मुख्य प्रत्यासी छन् भने एमालेका अजमल बुढा प्रतिस्पर्धी छन् ।