केपी ओलीको निरकुशताका बिरुद्ध पाँच दलीय गठबन्धन बनेको हो : नारायणकाजी श्रेष्ठ

केपी ओलीको निरकुशताका बिरुद्ध पाँच दलीय गठबन्धन बनेको हो : नारायणकाजी श्रेष्ठ

  • बुधबार, बैशाख २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताउनुभएको छ । आज सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको बताउनुभयो ।

“पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको गठबन्धन होइन”, उहाँले भन्नुभयो, “नेपालमा छ दशक लामो सङ्घर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न पाँचदलीय गठबन्धन गरिएको हो ।”

नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उहाँको भनाइ थियो । त्यस्तै चुनावीसभाका लागि आएका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले केपी ओलीको निरङ्कुशताको विकल्पमा गठबन्धन गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी