आफैले बनाएको पार्टीबाट कार्बाहीमा परे विप्लव, वास्तोला ओली पक्षले हटायो महासचिवबाट

आफैले बनाएको पार्टीबाट कार्बाहीमा परे विप्लव, वास्तोला ओली पक्षले हटायो महासचिवबाट

  • बुधबार, बैशाख २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

बैशाख २१ चितवन । प्रचण्डले धोका दिएको , बैद्यले क्रान्ति गर्न नसकेको र आफूले अब एकीकृत जनक्रान्ति गरेर समाजवाद ल्याउने भन्दै पार्टी बनाएका नेत्र विक्रम चन्द विप्लवलाई उनकै पार्टीले आज कार्बाही गरेको छ ।

हिशात्मक गतिविधि पछि ७७ साल फागुण २१ मा सरकारसँग तीन बुदे सहमति गरेका विप्लवले अन्ततः पार्टीलाई चुनावमा सहभागी गराउदै आफू निकटका मान्छेलाई धमाधम मैदानमा उतारेपछि असन्तुष्ट बनेका धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली नेतृत्वको समुहले विप्लवलाई महासचिवबाट पदमुक्त गरेको हो ।

चुनावमा भाग नलिने तर देशभक्त उम्मेद्धारलाई सहयोग गर्ने भनिए पनि विप्लवले आफू निकट मान्छेलाई उम्द्धार बनाउदै पठाएपछि पार्टी भित्र विवाद शुरु भएको थियो ।

सो समुहको चितवनमा भएको भेलाले विप्लवलाई कार्बाही गर्ने क्रममा पार्टीको केन्द्रीय समितिको ४० भन्दा बढी सदस्य सहभागी भएको पनि दाबी गरिएको छ ।

विप्लवलाई कार्बाही गरेपछि पार्टीको संयोजक धमेन्द्र बास्तोलालाई बनाईएको छ ।

केही दिन अघि मात्रै विप्लवले वास्तोला र ओलीलाई कार्बाही गरेको घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ