यस्तो छ भरतपुरमा गठबन्धनको प्रतिवद्धताः बिद्युतीय बसदेखि नारायणीमा सामुन्द्रिक तट ( पूर्ण पाठ )
बैशाख २० चितवन । चितवनमा काँग्रेस माओवादी सहित गठबन्धन दलहरुले महानगरको साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । आज सार्वजनिक प्रतिवद्धता पत्रमा भरतपुरमा बिद्युतीय सार्वजनिक यातायात चलाउने, दुई वर्ष भित्र बाँकी रहेका सबै सडकलाई कालोपत्रे गरिसक्ने, एक शिक्षक एक ल्यापटप दिने, पढ्दै कमाउदै जाने कार्यक्रम लागू गर्ने जस्ता नारा अघि सारिएको छ ।
साथै भरतपुरका सबै रोजगारी प्रवद्र्धन गरी बेरोजगारीमुक्त महानगर बनाउने पनि प्रतिवद्धता उम्मेद्धारहरुले गरेका छन् ।
नारायणी नदी किनारमा तटबन्ध निर्माण गरी उकास हुने न्यूनतम २०० विघा जग्गा सम्वन्धित स्थानीयवासीलाई उपलब्ध गराइ पर्यटन पूर्वाधार प्रवर्द्धनमा सहयोग गर्दै सामुद्रिक तटको भान हुने गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सारेको छ।
भू–बनोट र स्थानीय विशेषताका आधारमा ‘एक वडा एक कृषि पकेट क्षेत्र’ अवधारणा लागू गर्ने उल्लेख छ। पकेट क्षेत्रलाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइने भनिएको छ। महानगरभित्र उत्पादन भएको कृषि उपजको न्युनतम मूल्य तोकिने योजना अघि सारेको छ। सो कृषिउपजको भण्डारण गर्न ‘ठूलो कोल्ड स्टोर’ र ‘साइलो’ बनाइने उल्लेख छ ।
अपाङ्ग तथा ७० वर्षभन्दा उमेर नाघेका नागरिक तथा महिलालाई निःशुल्क बससेवा र विद्यार्थीका लागि यातायातमा ५० प्रतिशत छुट दिइने भनिएको छ।
हेर्नुहोस् पूरा प्रतिवद्धतापत्रमा के छ ?