बैशाख १९ काठमाण्डौँ । केही दिन अघि एक कलेजमा भएको कार्यक्रममा एमालेका तर्फबाट काठमाण्डौँका मेयर केशब स्थापितले मिटु सम्बन्धि भावना राउतले सोधेको प्रश्नको जवाफ दिने क्रममा यु आर नाईस लेडी तर थुतुनो ठीक छैन भनी दिएको अभिव्यक्तिको बिषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
तपाईले यसो भन्नु भएको हो कि हैन ? यो आचार संहिता विपरीत छ कि छैन ? भनेर २४ घण्टा भित्र स्पष्टीकरण दिन आयोगले स्थापितलाई पत्र दिएको छ ।
बैशाख १५ गते भएको कार्यक्रममा राउतले मिटु सम्बन्धि उठेका प्रश्नमा जवाफ दिन माग गरेपछि प्रमाण खै ? थुतुनो ठीक नभएको जस्ता अराजनीतिक टिप्पणी स्थापितले गरेका थिए ।
त्यसपछि ओरेक नेपाल सहित ४५ अधिकारवादी संघ संस्थाले सामुहिक विज्ञप्ति जारी गरी स्थापितलाई कार्बाही गर्न र उम्मेद्धारी खारेज गर्न माग गरेका थिए ।
तर स्थापितलाई चुनावका बेला मिटु सिटु आउने गरेको भन्दे स्थापित जस्तो राम्रो र चर्चा गर्न लायक उम्मेद्धार अरु नभएको टिप्पणी समेत गरेका थिए ।