बैशाख १७ रोल्पा । जनयुद्धको उद्गमथलो रोप्लामा माओवादी केन्द्रलाई हराउन विप्लव समुह, काँग्रेस र एमालेले मोर्चाबन्दी गरेका छन् । थवागं, सुनछहरी लगायत पालिकाहरुमा माओवादी केन्द्रका उम्मेद्धारलाई हराउन काँग्रेस, एमाले र विप्लव समुहका कायकर्ताहरु खटिरहेका छन् ।
उनीहरुले रोल्पाबाट माओवादीको प्रभाव कम पार्न गठबन्धन गरेका हुन् । रोल्पाको १० स्थानीय तह मध्य यस अघि सात तहमा माओवादी बिजयी बनेको थियो ।
रोल्पामा काँग्रेस एमालेले पनि विप्लवका दुई उम्मेद्धारलाई पालिका प्रमुख दिएरै मोर्चाबन्दी गरेका छन् । केन्द्रको निर्णय विपरीत रोल्पामा काँग्रेस एमालेसँग पनि मिलेको छ भने विप्लव समुहलाई पनि साथ लिएको छ । यो गठबन्धनले चुनावमा केही प्रभाव पार्न सक्ने आँकलन गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline