स्थानीय तह निर्वाचनः देशभर करिब ४ हजारको उम्मेदवारी फिर्ता

स्थानीय तह निर्वाचनः देशभर करिब ४ हजारको उम्मेदवारी फिर्ता

  • शुक्रबार, बैशाख १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

वैशाख १६, काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये आज करिब चार हजारले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।

निर्वाचन आयोगले ७ सय ५३ स्थानीय तहमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारको संख्या यकिन गर्न सकेको छैन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार शुक्रबार साँझसम्म १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दिएका छन् । यसमा अझै केही संख्या थपिन सक्ने प्रवक्ता पौडेलले बताए । हुम्लाको एक पालिकामा इन्टरनेटको समस्या भएकोले तथ्यांक अपडेट हुन बाँकी रहेको उनले बताए । अन्य पालिकामा पनि सच्याउँदा थपघट भइरहेको आयोगले जनाएको छ ।
उता, लोमान्थाङमा उम्मेद्वार नपाएर अघिल्लो कार्यकाल दलित महिला सदस्यको कोटा शून्य भयो । ५ वटै वडामा दलित महिला सदस्य उठेनन् । यसपलि वडा नम्बर ५ मा एमाले र कांग्रेस दुवै पार्टीले उम्मेद्वार उठाएका थिए ।

तर उम्मेद्वारी फिर्ता लिने समयमा उनीहरु दुवैजना चुनावी रेसबाट बाहिरिए । अहिले पनि लोमान्थाङमा दलित महिला सदस्यको कोटा शून्य भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ