बैशाख १५ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र काँग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । उनले आज पार्टीको काठमाण्डौँ महानगरको चुनावी कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बिचार र उदेश्य नभएको कुहिराको काग भएको भन्दै उसको काम खाली पेट भर्ने मात्र भएको भन्दै ब्यग्य गरे ।
उनले अहिले काँग्रेसको नेतृत्वमा बनेको गठबन्धन देशका लागि लुतो भएको र यसले ठूलो पीडा दिएको भन्दै बैशाख ३० गते पछि यसलाई फाल्ने चेतावनी दिए ।
बैशाख ३० र मंसीर तिर गरेर पाँचदलीय लुतो फालिन्छ ओलीले भने ।
उनले यो सरकार धर्तीमा सरकार पनि छ र भन्ने खालको रहेको भन्दै १० महिनामै देशको ढुकुटी रित्तो पारेको ठोकवा गरे ।
एक प्रसंगमा उनले काठमाण्डौँ महानगरपालिकामा एमालेले चुनाव जित्ने भन्दै केशब स्थापित बिरुद्ध मिटु जस्ता विभिन्न प्रश्नहरु आउनुलाई चुनावको मुखमा भएको कुप्रचारको संज्ञा दिए ।
एमाले महिलाहरुको हक हितमा काम गर्ने पार्टी भएको भन्दै उनले बाटोमा संगैँ हिँड्दैमा बात लगाउनेहरुबाट भने सचेत हुनु पर्ने बताए ।