काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले यौन दुर्व्यवहाबारे प्रश्न गर्दा अराजक अभिव्यत्ति दिएका छन् । धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौंका उम्मेदवारहरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमा स्थापितले सहभागीको प्रश्नको जवाफ दिने क्रममा अराजक शैलीमा अभिव्यत्ति दिएका हुन् ।
कार्यक्रममा सहभागी भावना राउतले मीटुुबारे स्पष्ट रुपमा आफ्नो जवाफ दिन भन्दै प्रश्न गरेकी थिईन् । जवाफमा स्थापितले जंगिदैँ भने, ‘युआर नाइस लेडी, तपाइँको थुतुनो ठीक छैन’ ।
‘हामी सबैको भोट तपाईँलाई चाहिन्छ र तपाईँले जित्छु भन्ने आशा राख्नुहुन्छ भने ुमीटुुबारे जवाफ दिनुपर्छ। होइन अहिले यो कुरामा नबोलौ, नभनौं भनेर भएन। किनभने महिला नै तपाईँको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनुहोला यो तपाईँलाई सुहाउन पनि सुहाउँदैन।’, भावनाले भनेकी थिईन् ।
लगत्तै स्थापितले जवाफ दिँदै भने, ‘जसलाई आरोप लगायो, त्यसलाई हामीले महारानी भन्थ्यौं। हामीले प्रमाण मागेका थियौं। २५ वर्षसम्म दबाउने हो। महिलाले जथाभाबी गर्न हुने। महिला आयोग छैन। म चुप्प लागेर बस्नेरु म जतिको मान्छेलाई आरोप लगाउनेरु तपाइँहरुले जवाफ दिनुपर्यो। ह्वाट इज द प्रुफरु यूआर नाइस लेडी तपाँको थुतुनो ठीक छैन। छलफलमा भाग लिने यसरी हुन्छ।’
प्रश्नकर्ता समिक्षाले स्थापितलाई बोल्ने शैली ठीक नभएको तुरुन्तै जवाफ फर्काउदैँ भनेकि थिईन्, तपाइँले के बोल्नुभएको यस्तो ? तपाइँले के शब्द प्रयोग गर्नुभएको ? तपाइँ पब्लिक फोरममा हुनुहुन्छ। तपाइँको जवाफ दिने दायित्व हो।
तर प्रश्न सुन्नेबित्तिकै जंगिएका स्थापितले पत्रिकाको भरमा आरोप नलाउन भन्दै प्रमाणसहित प्रश्न गर्न आग्रह गरे । ‘के आधारमा प्रश्न गर्नुभयो बहिनीले ? पेपरको भरमा आरोप लगाउने ? यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ? दीस इज भेरी ब्याड।’ केशव स्थापित जंगिन थालेपछि कार्यक्रम सञ्चालकले रोक्ने प्रयास गरेका थिए।
तर स्थापित त्यो प्रश्न पछि आफू बसेको कुर्सीबाट नै उठेर प्रश्न गर्ने विरुद्द नै पटक पटक जंगिए । उनेले भने, ‘म जत्तिको मान्छे आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ।’
यति भने पछि स्थापितलाई त्यहाँ सहभागी मेयरका उम्मेदवारहरुले आफ्नो स्थानमा बस्नको लागि ताने । उनी बस्न त बसे । उनलाई विवेकशील साझा पार्टीको तर्फबाट महानगरको उम्मेदवारी दिएकी समिक्षा बास्कोटाले सम्झाउन प्रयत्न गर्दै थिइन । तर उनी फेरि जंगिए । रिसले चुर भएका स्थापित फेरि जंगिदै उठे र भने ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ ।’
स्थापितको जवाफपछि आजै राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत् कार्यक्रममा भएको घटनाबारे सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छन्, ‘एमालेका महिला सांसद अधिकारकर्मीहरु, विन्ती अब महिला हकहितका लागि भन्दै सडक नआउनुहोला किनकि तपाईँको पार्टीभित्रको मौनताले दुर्घटना निम्त्याएको छ।’
यस्तो छ उनको स्टाटस
