नागार्जुन नगरपालिकाको मेयरका उमेद्वार बस्नेत जेष्ठनागरिकसँग आर्शिवाद लिदै

नागार्जुन नगरपालिकाको मेयरका उमेद्वार बस्नेत जेष्ठनागरिकसँग आर्शिवाद लिदै

  • बिहिबार, बैशाख १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

काठमाडौं, १५ वैशाख ।
नागार्जुन नगरपालीकाको मेयरमा दोस्रो कार्यकालका लागी उमेद्वारी दिएका मोहन बहादुर बस्नेतले नगरभित्र रहेका जेष्ठनागरिकसँग भेटघाट तथा छलफल गरिरहेका छन् । नेपाली कांग्रेसका तर्फबाट मेयरका उमेद्वार बस्नेत नगरभित्रका सबै वडाहरुमा रहेका बृद्धबृद्धा व्यात्तिसँग पहिलो चरणमा भेटघाट तथा छलफलमा रहेका हुन् । उनले पुनः दोस्रो कार्यकालका लागि मेयरमा नै उमेद्वारी दिने घोषणा पनि जेष्ठनागरिकहरुको भेलामा नै गरेका थिए ।
उनैलाई कांग्रेसले दिकट दिएपछि उमेद्वारी दिएका हुन् ।

कुलायन देवता तथा बन्धुवान्धवको आशिर्वाद लिई चुनावी अभियान सुरु गरेका नागार्जुन नगरपालीकाको विकास तथा सम्बृद्धिको गर्नुपर्ने धेरै काम बाकीँ रहेको र आफुले जितेपछि सबै बाकीँ काम पुरा गर्ने प्रतिबद्धता जनाए ।

बस्नेतले नेपाली काङ्ग्रेस पार्टी जे बोल्छ तेही गर्ने पार्टी भएको बताउदै यो पटक पनि आफुले नै जित हासिल गर्ने बताए । स्थानीयतह निर्वाचनमा सबै नगरबासीलाई सक्रिय सहभागिता जनाउन पनि आग्रह गरे ।

यसैक्रममा नागार्जुनको ५ नम्बर वडाका कांग्रेसबाट वडाध्यक्षमा उमेद्वार शिव कुमार खनाल पनि कार्यकर्ता तथा शुभचिन्तक समर्थकहसँग चुनावी रणनीतिबारे छलफलमा सक्रिय छन् । पूर्व शिक्षक तथा समाजसेवी खनालको प्यानलमा सदस्यतर्फ सालिन व्यात्तित्व सुन्दर पुतुवार, यूवा प्रविन थापा, महिला सदस्य सामाजीक सेवामा सक्रिय ज्वाला बस्नेत र महिला दलित सदस्य कमला मिजार रहेका छन् ।यसअघि राप्रपाले जितेको वडा भएपनि यसपटक कांग्रेसको पकड देखिएको छ । अध्यक्षका उम्मेद्वार खनालले अहिले कां्रेसको पकड रहेकाले आफ्नो प्यानल नै विजयी हुने दाबी गरे ।

कांग्रेसको पकट रहेको नागार्जुन नगरपालीकामा ५ नम्बर वडा भने यसअघि राप्रपाले जितेको थियो । वडाध्यक्षका उमेद्वार खनाल समाजसेवी पनि हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ